जनता टाइम्स

३ श्रावण २०८१, बिहीबार १९:४७

प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त


काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले रिमाल र खतिवडालाई प्रमुख सल्लाहकार र आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । खतिवडा पूर्वगभर्नर हुँदै अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएका आर्थिक क्षेत्रका ज्ञाता मानिनुहुन्छ ।

उहाँ यसअघि ओली सरकारमा अर्थमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुका साथै मन्त्रीबाट बिदा भएपछि आर्थिक सल्लाहकारको भूमिकामा रहनुभएको थियो । यस्तै एमाले उपमहासचिव रिमाल यसअघि पनि ओलीको प्रमुख सल्लाहकारका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।