काठमाडौं, साउन ५ । प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक बशन्त कुँवरले शुक्रवार दुई जिल्लाको प्रमुख हेरफेरसहित ५ जना एसपीको काज सरुवा गर्नुभएको हो । जसअनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरका रमेश थापालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरी हरिहरनाथ योगी र तनहुँका अपिलराज बोहोरालाई कर्णाली पठाएर वीरेन्द्रबहादुर शाहीलाई पठाइएको छ ।
सरुवाअनुसार तनहुँमा कार्यरत बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ । ४ महिना अघि तनहुँमा सरुवा हुनुभएका बोहरा अवधि नपुग्दै तानिनुपरको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाहको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएको छ ।
यस्तै उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ । गृहमन्त्री परिवर्तन भएलगत्तै प्रहरी महानिरीक्षक कुँवरले सरुवाको निर्णय लिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्