जनता टाइम्स

६ श्रावण २०८१, आईतवार १२:२६

मेयर चिरिबाबुको सही निर्णयको फल : ललितपुर महानगरले सञ्चालनमा ल्यायो कवाडीमा दिन लागेको १०६ वर्ष पुरानो दमकल


ललितपुर, साउन ६ । ललितपुर महानगरपालिकाले कवाडीमा दिन लागिएको १०६ वर्ष पुरानो दमकल (जुद्ध वारुण यन्त्र) मर्मत गरी सञ्चालनमा ल्याएको छ ।

प्रमुख चिरिबाबु महर्जनले झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल मर्मत संहार गराएर आजबाट सञ्चालनमा ल्याउनु भएको हो । उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गर्नुभएको हो । विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर दमकल मर्मत गरिएको नहकर्मीले बताउनु भयो ।

सो दमकललाई आज ललितपुर, काठमाडौँ र भक्तपुरमा परीक्षण गरिने महानगरपालिकाले जनाएको छ । दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ । सो दकमल सञ्चालनमा ल्याउन नसकिने भन्दै कवाडीमा बिक्रिी गर्न सुझाव दिइएको भएपनि प्रमुख महर्जनले मर्मत गराउने निर्णय लिनुभएको थियो ।