काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनअघिनेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बिश्वासको मत लिने प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले कांग्रेस एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीका अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहिलो बुँदासहित दुई बर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति खुलासा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्