जनता टाइम्स

८ श्रावण २०८१, मंगलवार १०:३४

चामत्कारिक राजनेता केपी ओली : समृद्ध नेपाल निर्माण अभियानमा भरोसाको बोली


केपी ‘बा’ ले यसपटक आफ्नो सारथीका रुपमा पार्टीबाट उपाध्यक्ष एवं अनुभवी नेता बिष्णु पौडेल र बैचारिक नेता पृथ्वीसुब्बा गुरुङलाई छानेर उत्कृष्ट ब्यक्ति चयनको प्रमाण दिनुभएको छ । काममा अब्बल र अध्यक्ष ओलीको काम गर्ने हुटहुटीलाई  इसारामै बुझ्ने दुवै नेतालाई अर्थ र सञ्चारको जिम्मा दिएर रोजेर केपी ‘बा’ ले एमाले नेता कार्यकर्ताको मात्रै होइन, आमजनताकै मन जित्नुभएको छ । चामत्कारिक राजनेता केपी ‘बा’ बाट सिक्ने र आफ्नो क्षमतालाई राजनेताको रुपमा विकास गर्न योगेश भट्टराई दाजुलगायतका नेतृत्वले खेलेको भूमिका साँच्चिकै प्रशंशनीय छ ।

मंगल थापा (एमफिल-पिएचडी स्कलर, त्रिभुवन विश्वविद्यालय)

आजको प्रतिस्पर्धात्मक विश्वराजनीतिक परिवेशमा कुनैपनि देश र जनताको हितमा काम गर्ने नेतृत्वमा आमूल परिवर्तन गर्ने सपना, सोँच, दुरदृष्टि, दृढ संकल्प, निर्णय क्षमता, कार्ययोजना र प्रतिवद्धता आवश्यक पर्दछ । यी सबै खाले क्षमता भएका राजनीतिक नेतृत्व संसारमा विरलै हुन्छन । त्यस्ता विरलै पाइने राजनीतिक नेतृत्वमध्ये नेपाली राजनीतिमा लामो समयदेखि क्रियाशील राजनेता केपी शर्मा ओली पनि एक हुनुहुन्छ ।

संसारमा विरलै पाइने र निर्माण हुने यस्ता नेतृत्वहरु वास्तवमा चमत्कारिक हुन्छन र आफू नेतृत्वमा पुग्दा र हुँदा देश र जनताको चामत्कारिक रुपान्तरणका लागि योजना बनाउन र कार्यान्वयन गर्न सक्षम हुन्छन । नेपालको राजनीति इतिहासमा चामत्कारिक राजनेता केपी शर्मा ओली पुग्दा देश र जनताले अपेक्षा गरेको भन्दापनि फरक ढंगको आवश्यक र सान्दर्भिक चामत्कारिक परिवर्तन ओलीबाट भइरहेको देश र विदेशका आम नेपालीहरुबाट अनुभव गरेको र अभिव्यक्त भएकै विषय हो ।

झट्ट बाहिरबाट हेर्दा चामत्कारिक राजनेताको जीवन र पद प्राप्ति सहज लाग्न सक्दछ । तर राजनेता देश र जनताको हितमा सोच्न सक्ने र परिवर्तनको आँधीवेहरी सिर्जना गर्न सक्ने क्षमता निर्माण गर्न राजनेताको इतिहास र पृष्ठभूमीमा अदृश्य धेरै पात्र, प्रेरणा र सहयोगको भूमिका रहेको हुन्छ । त्यतिमात्र होइन, त्यस किसिमको क्षमता निर्माणका लागि राजनेता स्वयम र उनीहरुको परिवार, साथीभाई, छरछिमेक र अन्य धेरै शुभचिन्तक र सहयोगीको भूमिका र योगदान रहेको हुन्छ । केपी ‘बा’ को जीवनको इतिहासतर्फ फर्केर हेर्ने हो भनेपनि सुख र दुःख, हर्ष, पीडा, अवसर र चूनौती, सम्भावना, अवसर र समस्याको श्रृङखलाको अनुभूती गर्न सकिन्छ ।

वास्तवमा केपी ‘बा’ जस्तो चामत्कारिक नेतृत्वको राजनीतिक जीवनको दुःख, पीडा र समस्याको घडीमा साथ दिने र सहयात्रा गर्ने आदरणीय आमा राधिका शाक्यको योगदान अतुलनीय छ । सहनशील, संघर्षशील र सदैव क्रियाशील आमा राधिका शाक्य फरक क्षमता भएकी धेरै कुरा सिक्न सकिने कुशल आमा मात्र होइन कि उहाँ एक चामत्कारिक राजनेता निर्माण गर्ने सहनशील, इमान्दार, धैर्यवान, कर्तव्यनिष्ठ, उदार व्यक्तित्व हो र उहाँ आफैमा राजनीतिक नेतृत्वको सक्षम पात्र पनि हो ।

नेपालको सन्दर्भमा पछिल्लो समय निष्ठा र इमानको राजनीति निकै कठिन र महँगो हुँदै गएको देखिन थालेको छ । महँगो यस अर्थमा कि लामो समयसम्म पार्टीमा रहेर निष्ठापूर्वक भूमिका निर्वाह गरी योगदान गर्ने इमान्दार कार्यकर्ता र नेतृत्वहरु मूल प्रवाहबाट बाहिर पर्ने, नेतृत्वमा पुग्ने अवसरबाट बन्चित हुनु पर्ने, नेतृत्वमा पुग्ने अवसरका लागि प्रतिस्पर्धामा पुगेपनि अवसर लिन नसकिने जस्ता गम्भीर प्रकृतिका पीडादायी र दुःखद अनुभव गर्नु पर्ने परिवेश निर्माण भएको छ ।

चामत्कारिक राजनेता निर्माणका लागि जीवन नै सुम्पिएर राजनेतालाई सक्षम, सवल र इमान्दार क्षमता र चरित्र निर्माण गर्दै उक्त समग्र क्षमता र विशेषता आफूले बोकेर राजनेता केपी ‘बा’ स्वच्छ छवि निर्माणका लागि उहाँको सरल जीवन र उच्च विचारमा कहिले विचलन आएन । परिणामस्वरुप आजपनि केपी ‘बा’ को क्षमता र इमान्दारितामाथि कुनै किसिमको प्रश्न उठेको छैन । वास्तवमा चामत्कारिक राजनेता केपी ‘बा’ बाट जति सिक्न सकिन्छ, त्यो भन्दा धेरै सिक्ने अवसर आमा राधिका शाक्यसँगको भेटघाट, कुराकानी र साथ संगतबाट मिल्दछ भन्ने मेरो अत्यन्तै छोटो समयको भेटघाटको अनुभव हो ।

चामत्कारिक राजनेताको क्षमता अन्य साधारण नेतृत्वको भन्दा असाधारण र फरक हुन्छ । आदरणीय राजनेता केपी ‘बा’ मा विकसित व्यक्तित्वमा रहेको उच्च सोँच, दुरदृष्टि, दृढता, सक्षमता, निर्णय क्षमता, इमान्दारिता, समन्वय र समझदारी क्षमता लगायतका जेजस्तो क्षमता रहेको छ । त्यस्तै क्षमता वास्तवमा आमा राधिका शाक्यमा पनि रहेको छ । देश र जनताको लागि आवश्यक पर्ने त्यागी भावना राजनेता केपी ‘बा’ र आमा राधिका शाक्यमा उस्तै रहेको छ भन्दा अन्यथा नहोला । त्यतिमात्र होइन कि देश र जनताको हितमा काम गर्न राजनेतामा उच्च तहको धैर्यता, सहनशीलता र इमान्दारिता एक अनिवार्य सर्त हो ।

मेरो भेटघाट, संगत र अनुभवमा राजनेता केपी ‘बा’ को अद्भूत राजनीतिक क्षमता केपी ‘बा’ मा रहेको छ भने त्यस्तै किसिमको क्षमता आमा राधिका शाक्यमा पनि रहेको छ । वहाँबाट नेकपा एमालेका नेतृत्व र शुभचिन्तकहरुले मात्र होइन कि आम मानव समूदायले सिक्न सक्दछ । उहाँबाट सिकिने ज्ञानले हामीलाई राजनीतिक नेतृत्वमात्र होइन कि असल मानव, कल्याणकारी मानव, सहयोगी मानव, सहकार्य गर्न सक्ने मानव, र सर्वहित चिताउने मानव बन्न सहयोग पुर्याउँछ ।

नेपालको सन्दर्भमा पछिल्लो समय निष्ठा र इमानको राजनीति निकै कठिन र महँगो हुँदै गएको देखिन थालेको छ । महँगो यस अर्थमा कि लामो समयसम्म पार्टीमा रहेर निष्ठापूर्वक भूमिका निर्वाह गरी योगदान गर्ने इमान्दार कार्यकर्ता र नेतृत्वहरु मूल प्रवाहबाट बाहिर पर्ने, नेतृत्वमा पुग्ने अवसरबाट बन्चित हुनु पर्ने, नेतृत्वमा पुग्ने अवसरका लागि प्रतिस्पर्धामा पुगेपनि अवसर लिन नसकिने जस्ता गम्भीर प्रकृतिका पीडादायी र दुःखद अनुभव गर्नु पर्ने परिवेश निर्माण भएको छ ।

यस सन्दर्भमा पनि नेकपा एमाले र अन्य आम राजनीतिक दल र नेपालीहरु इमान्दार र दृढ विश्वासका साथ स्वाभीमानी भएर देश र जनताको हितमा खटेर र डटेर योगदान पुर्याउन चाहिने क्षमता, विश्वास र प्रतिवद्धता वास्तवमा ओली बा र उहाँको राजनीतिमा सहयात्री बनेर साथ दिने आमा राधिका शाक्यबाट हामी सबैले सिक्नै पर्दछ । यसले देखाउँछ कि कुनै सवल र सफल व्यक्तिको पछाडिको सवल र सफल जग वा आधार हुन्छ भन्ने कुरा केपी ‘बा’ र आम राधिका शाक्यको क्षमता, आत्मविश्वास र देश र जनताको हितमा काम गर्ने दृढ संकल्पबाट पुष्टि हुन्छ ।

उमेरको दृष्टिकोणले परिपक्क राजनेता केपी ‘बा’ आज पनि कुनै पनि युवा राजनीतिक नेतृत्वभन्दा कम सक्रिय हुनुहुन्न । बरु सवैभन्दा सक्रिय हुनुहुन्छ । सामाजिक सञ्जालदेखि विभिन्न किसिमको सोसल मेडिया र आर्टिफिसियल इन्टेलीजेन्समा समेत राजनेता केपी ‘बा’ त्यत्तिकै सक्रिय हुनुहुन्छ र आफूलाई देश विदेशका सवै किसिमका घट्ना र ज्ञानसँग परिचित गराई आफूलाई समय सान्दर्भिक बनाउँदै परिष्कृत गर्दै कुसल राजनेताको क्षमतामा विकास गर्दै अगाडि बढ्नु भएको छ । नेकपा एमालेको जीवनमा विगतका केही वर्षमा आइपरेको संकटको बेलामा पार्टी अध्यक्षले गरेको नेतृत्व र पार्टीलाई सक्षम र सवल बनाउँदै अगाडि बढाएको तत्कालको इतिहास र आजको नेकपा एमालेको सबल अवस्थाले राजनेता केपी ‘बा’ यथार्थमा चामत्कारिक नेता हुनुहुन्थ्यो भन्ने कुरालाई यथेष्ट पुष्टि गर्दछ ।

नेकपा एमालेको जीवनमा आइपरेको संकटबाट पार्टीलाई मुक्तिमात्र होइन कि देशमा क्रियाशील सबै राजनीतिक दलभन्दा सवल राजनीतिक दलको रुपमा नेकपा एमालेलाई स्थापित गराउन सक्षम भएको केपी ‘बा’ को राजनीतिक नेतृत्वको क्षमताले स्वदेश र विदेशका राजनीतिक नेतृत्वलाई समेत धेरै कुरा सिक्न प्रेरित गरिरहेको छ । केपी ‘बा’ ले यसपटक आफ्नो सारथीका रुपमा पार्टीबाट उपाध्यक्ष एवं अनुभवी नेता बिष्णु पौडेल र बैचारिक नेता पृथ्वीसुब्बा गुरुङलाई छानेर उत्कृष्ट ब्यक्ति चयनको प्रमाण दिनुभएको छ । काममा अब्बल र अध्यक्ष ओलीको काम गर्ने हुटहुटीलाई  इसारामै बुझ्ने दुवै नेतालाई अर्थ र सञ्चारको जिम्मा दिएर रोजेर केपी ‘बा’ ले एमाले नेता कार्यकर्ताको मात्रै होइन, आमजनताकै मन जित्नुभएको छ । चामत्कारिक राजनेता केपी ‘बा’ बाट सिक्ने र आफ्नो क्षमतालाई राजनेताको रुपमा विकास गर्न योगेश भट्टराई दाजुलगायतका नेतृत्वले खेलेको भूमिका साँच्चिकै प्रशंशनीय छ ।

नेपालको राजनीतिक इतिहास र वर्तमान सन्दर्भमा व्यक्तिको क्षमता र भूमिकाको आधारमा स्वच्छ मूल्यांकन गरी उपयुक्त पद र जिम्मेवारी दिने कुरा केही विचलित हुन खोजेको जस्तो देखिन थालेको छ । यसले काममा पछाडि अवसरमा अगाडि भन्ने भनाई नेकपा एमालेभित्र पनि देखापरेको छ भन्ने सुनिन्छ । तर चामत्कारिक राजनेता केपी ‘बा’ ले नेता र कार्यकर्ताको उनीहरुको देश, समाज र पार्टीप्रतिको योगदान र लगावको आधारमा वास्तविक मूल्यांकन गरी ठिक व्यक्ति ठिक ठाउँमा हुने गरी ठिक समयमा ठिक काम गर्ने गरी पार्टी र सरकामा जिम्मेवारी दिने प्रयाश गर्नुभएको छ ।

बाहिर हेर्दा योगश दाईले केपी ‘बा’ को रक्षक बनेर प्रतिरक्षा गरिरहनु भएको देखिए पनि उहाँको यो भूमिकाले भविष्यमा नेकपा एमालेमा केपी ‘बा’ को राजनीतिक कुशल नेतृत्व धान्न सक्ने क्षमता भएको बलियो नेता बन्ने संकेत दिइरहेको छ । योगेश दाइको जस्तै पार्टीको कुशल राजनेता केपी ‘बा’ को जस्तै भूमिका खेल्न सक्षम हुने कुराले पार्टीभित्र कर्मठ, इमान्दार र क्षमतावान नेतृत्वको विकास हुँदै जाने कुरा पनि महत्वपूर्ण हुन्छ । पार्टी अध्यक्ष केपी ‘बा’ ले पार्टीको भविष्यको नेतृत्व आफूजस्तै हुन सकोस भन्ने हेतृले भविष्यको नेतृत्व विकासमा पनि ध्यान दिएको देखिन्छ ।

नेपालको राजनीतिक इतिहास र वर्तमान सन्दर्भमा व्यक्तिको क्षमता र भूमिकाको आधारमा स्वच्छ मूल्यांकन गरी उपयुक्त पद र जिम्मेवारी दिने कुरा केही विचलित हुन खोजेको जस्तो देखिन थालेको छ । यसले काममा पछाडि अवसरमा अगाडि भन्ने भनाई नेकपा एमालेभित्र पनि देखापरेको छ भन्ने सुनिन्छ । तर चामत्कारिक राजनेता केपी ‘बा’ ले नेता र कार्यकर्ताको उनीहरुको देश, समाज र पार्टीप्रतिको योगदान र लगावको आधारमा वास्तविक मूल्यांकन गरी ठिक व्यक्ति ठिक ठाउँमा हुने गरी ठिक समयमा ठिक काम गर्ने गरी पार्टी र सरकामा जिम्मेवारी दिने प्रयाश गर्नुभएको छ ।

पार्टीमा स्वार्थका लागि लाग्ने र लाभमा सक्रिय हुने व्यक्तिलाई किनारा लगाउन र पार्टीको स्वच्छ छवी र उच्च विश्वास र छवी कायम गर्न उचित निर्णय लिन र अगाडि बढन कहिलेकाँही निरंकुश र कठोर कदम पनि लिन केपी ‘बा’ सक्षम हुनुहुन्छ भन्ने कुरा विगतका उहाँको उचित कदमले धेरैपटक पुष्टि भइसकेको छ । आज फेरी केपी ‘बा’ नेपाल र नेपालीको सर्वाङगीण हितका लागि देशको बागडोर समाल्न आइपुग्नु भएको छ । यो देश र जनताको माग हो, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र परिवेशको माग हो । आज देशमा सुशासन र विकासलाई सँगै अगाडि बढाउने, समन्वय र समझदारी कायम गर्ने क्षमता भएको, राष्ट्रिय एकता कायम गर्ने, दृढ संकल्पसहित, देश र जनताको हितमा प्रतिवद्ध भएको र देश र जनताको सार्वभौतिकतालाई केन्द्रमा राखी निडर भइ अगाडि बढ्न सक्ने नेतृत्व चाहिएको छ ।

यस्तो नेतृत्व वास्तवमा केपी ‘बा’ नै हो । उहाँप्रति नेकपा एमाले र यससँग निकट नेतृत्व र कार्यकर्ताको मात्र होइन कि आम नेपालीको आशा र भरोशा छ । उक्त आशा र भरोशालाई अझ सवल बनाउँदै ‘समृद्ध नेपाल : सुखी नेपाली’को सपना साकार पार्न केपी ‘बा’ को आगामी यात्रा पूर्णरुपमा सफल हुनेछ । यसलाई सफल बनाउन योगेश दाइलगायतका आम नेकपा एमालेका वरिष्ठ र युवा नेतृत्व सक्रिय, इमान्दार र प्रतिवद्ध भएर लाग्नु हुनेछ भन्ने अपेक्षाका साथ चामत्कारिक राजनेता ओली ‘बा’ को सफल नेतृत्वको लागि हार्दिक शुभकामना ।