जनता टाइम्स

८ श्रावण २०८१, मंगलवार १०:५०

जुवा खालबाट समातीए गाउँपालिका अध्यक्ष


काठमाडौं, साउन ८ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन । कपन प्रहरी प्रभागले बुढानीलकण्ठ १० बाट अध्यक्ष घलेसहित सहित १० जनालाई शनिबार बेलुका जुवा खालबाट पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा र तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद गरेको छ । अध्यक्ष घलेसहितका जुवाडेलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पालिका अध्यक्ष नुर्वु यसअघि मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका थिए । घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्‍याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा घले पक्राउ परेका थिए ।