जनता टाइम्स

९ श्रावण २०८१, बुधबार १२:१२

इञ्जिनियरसहित आफ्नै प्राविधिक टोली लिएर पोखरा उड्दै थियो दुर्घटनामा परेको सौर्यको जहाज


काठमाडौं, साउन ९ । काठमाडौंबाट उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलायन्सको जहाजमा आफ्ना कर्मचारी लिएर पोखरा जान लागेको पाइएको छ । सो बिमान केहीबेर अघि सो बिमान दुर्घटना भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । जहाजमा चालकदलसहित १९ जना रहेको बताइएको छ । स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।