जनता टाइम्स

९ श्रावण २०८१, बुधबार १२:३०

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट शाक्यलाई उद्धार गरी अस्पताल लगियो


काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।

क्यानका प्रवक्ता हंशराज पाण्डेका अनुसार जहाज दुर्घटनामा परेका १८ जनाको शव भेटिएको छ । जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गर्नुभाये । आज बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।

(*यसअघि १९ जनाको मृत्यू भएको समाचार सच्याइएको छ ।)