जनता टाइम्स

९ श्रावण २०८१, बुधबार १५:०९

सौर्यको बिमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु


काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सौर्य एअरमा कार्यरत प्राविधिक मनुराज शर्मा, उहाँकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो।

छोरा अधिराज नाबालक हुनुहुन्थ्यो भने पत्नी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।

पोखराका लागि उडेको जहाज आज दुर्घटना हुँदा उहाहरूसहित १८ जनाको मृत्यु भएको हो ।