जनता टाइम्स

९ श्रावण २०८१, बुधबार १५:२४

विमान दुर्घटनास्थल निरीक्षणपछि प्रधानमन्त्री ओली : घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? बूझ्नुस


काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमास्थित  नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिंग लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । उहाँले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभयो । घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गर्नुभयो ।

यसबारे गर्नुपर्ने थप कामबारे सरकारले  आवश्यक निर्णय लिने बताउदै आगामी दिनमा यस्ता घटना नहोस भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो ।

घटना  कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो  । बृफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागी रहनु भएको थियो ।