काठमाडौं, साउन १२ । नेपाली बजारमा अमेरिकी डलर र यूरो महँगिदा बेलायती पाउण्डको भाउ भने आज घटेको छ ।
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको सूचीअनुसार डलर र युरोको भाउ बढेको तथा पाउण्डको भाउ घटेको हो । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.७ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.७६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०५ रुपैयाँ रहेको छ ।
यस्तै साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्