जनता टाइम्स

१७ श्रावण २०८१, बिहीबार ११:२०

शेयर बजारमा हरियाली कायमै, प्री-ओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं, साउन १७ । सेयर बजारमा कारोबार साताको अन्तिम दिन आज बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

नेप्से परिसूचक ११.३१ अंकले बढेर २७७२.२३ विन्दुमा पुगेको छ । यो समयमा ११२ स्क्रिप्सको ९३ हजार २२६ कित्ता सेयर ५ करोड ६२ लाख ७५ हजार ३८७ रुपैयाँमा खरिदबिक्री भए ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेको थियो । बुधवार २१ अर्ब ९१ करोड मूल्य बढीको सेयर कारोबार भएको थियो ।