काठमाडौं, साउन १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको सपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।
तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीको राज्यकोषको सो रकम सकाएको हो । प्रचण्डले खर्च गर्नुभएको २० लाख ४० हजार रुपैयाँ खर्च भुक्तानी गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ ।
गत जेठ २७ जेठ तात्कालिन प्रधानमन्त्री प्रचण्ड मोदीको सपथ ग्रहण समारोहमा भाग लिन दिल्ली जानुभएको थियो । सो क्रममा उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट समेत गर्नुभएको थियो । भारतबाट फर्कैपछि नै प्रचण्डले एमालेलाई धोका दिने योजना अघि बढाएपछि आफै सत्ताच्यूत हुनुपरेको थियो ।
भारतको इसारामा एमालेलाई धोका दिने योजनातिर प्रचण्ड लागेपछि एमाले र कांग्रेसबीच सत्ता सहकार्यको सहमति भएको थियो । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष सहकार्यकोप्रस्ताव गर्दै एमालेलाई फाल्ने बताएपछि दुई दलका नेताहरु गहन रुपमा छलफल गरी प्रचण्डलाई नै सत्ताबाट गलहत्याउने निर्णय लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्