जनता टाइम्स

१८ श्रावण २०८१, शुक्रबार १६:२६

लगानीकर्तालाई अर्थमन्त्री पौडेलको सुझाव : कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर मात्रै शेयर बजारमा लगानी गर्नाेस


काठमाडौं, साउन १८ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर मात्र शेयर बजारमा लगानी गर्न सुझाव दिनुभएको छ । बजारको बिश्लेषणबिना लगानी गर्दा फस्न सकिने भन्दै उहाँले यस्तो सुझाव दिनुभएको हो ।

संसदको अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले शेयर बजारमा लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र लगानी गर्न आग्रह गर्नुभयो । ‘इन्साइडर ट्रेडिङ नगर्ने वतावरण बनाउन निर्देशन दिइसकेको छु । शेयर बजारलाई परिपक्क ढंगले अगाडि बढाउन आग्रह गर्दछु,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले शेयर बजारमा सावधानी अपनाउँनुपर्ने बताउनु भयो । ‘पछिल्लो समय शेयर बजार बुलिस यात्रामा हिँडिरहेको बेला वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर मूल्य पनि उचालिएको भन्दै विभिन्न टिका टिप्पणी हुन थालेको छ । यस्तो अवस्थामा लगानीकर्ता आफैं सचेत हुनुपर्ने देखिन्छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।