काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माणको कामलाई तीब्रता दिने बिषयमा छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आजबिहान क्यानका पदाधिकारीसँग रंगशाला निर्माणको बिषयमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत रंगशाला निर्माणबारे छलफल अघि बढाइएको जानकारी दिँदै भन्नुभएको छ, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो।’
उहाँले यस प्रकारको छलफलले रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने बिश्वास ब्यक्त गर्दे क्यान पदाधिकारीसँगको छलफलपछि आफू उत्साहित रहेको बताउनु भएको छ ।
प्रधानमन्त्रीको भनाई जस्ताको तस्तै
क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु।
प्रतिक्रिया दिनुहोस्