जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार ११:१३

अर्थमन्त्री पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, यस्ता छन छलफल भएका तीन मुख्य एजेण्डा


काठमाडौं, साउन २८ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।