जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार १७:३४

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’


ढाका, २८ साउन । बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काउनुभएको छ । मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो ।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

उहाँले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गर्नुभयो । उहाँको छवि यस स्मारकमा चित्रण गरिएको थियो । तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’

यद्धपी, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताउनुभएको छ । उहाँले युनुसको पाकिस्तानको आईएसआई वा जमातए–इस्लामीसँग कुनै सम्बन्ध नभएको बताउनुभयो । उनीहरु अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उहाँको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।