सिन्धुपाल्चोक, साउन ३० । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तीन वर्ष अघिको बाढीका कारण क्षतीग्रस्त बनेका सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रका भौतिक संरचनाहरुको पुनःनिर्माणमा अन्तर मन्त्रालय समन्वय गर्ने जानकारी दिनुभएको छ ।
बाढीग्रस्त क्षेत्रमा अवलोकन तथा निरीक्षणका मंगलबार आउनु भएका मन्त्री दाहालले बाढीले क्षतीग्रस्त बनाएका पुल तथा सडकको निर्माणमा मन्त्रालयले प्राथमिकता दिने प्रष्ट पार्नुभयो । बाढीले शैक्षिक संस्था, कृषि, पशुपालनलगायतका क्षेत्रमा भएको क्षतीतथा त्यससँग सम्वन्धित संरचना निर्माणका लागि सम्वन्धित मन्त्रालयहरुसँग समन्वय गरिने जानकारीसमेत मन्त्री दाहालले दिनुभयो ।
मन्त्री दाहाललाई पूर्वमन्त्री शेरबहादुर तामाङले बाढीबाट अर्वौंको नोक्सानी व्यहोरोको र सर्वसाधारण अझै आफ्नो थातथलोमा फर्किन नसकेको बताउनु भयो । सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथा सडक विभागअन्तर्गतका अन्य अधिकारी एवं प्राविधिकसहित मन्त्री दाहालले मेलम्ची र हेलम्बूका विभिन्न स्थानको निरीक्षण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्