अघिल्लो सरकारले छानीछानी महत्वपूर्ण कार्यालयको प्रमुख बनाएकाहरुलाई जिम्मेवारी हेरफेर र पूर्वाग्रह साँधेर जगेडामा थन्क्याइएका सहसचिवहरुलाई न्याय गर्दै मन्त्रिपरिषद बैठकले सरुवा गरेको हो । सरकारले निकै महत्वपूर्ण मानिएको राजस्व अनुसन्धान बिभाग, भन्सार बिभाग, आन्तरिक राजस्व बिभागका महानिर्देशकसहित एकैपटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ ।
गणेश बस्नेत
सरकारले निकै महत्वपूर्ण मानिएको राजश्व अनुसन्धान बिभाग, सम्पत्ति सुद्धिकरण बिभाग, भन्सार बिभाग, आन्तरिक राजश्व बिभागका महानिर्देशकसहित एकैपटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ ।
अघिल्लो सरकारले छानीछानी महत्वपूर्ण कार्यालयको प्रमुख बनाएकाहरुलाई जिम्मेवारी हेरफेर र पूर्वाग्रह साँधेर जगेडामा थन्क्याइएका सहसचिवहरुलाई न्याय गर्दै मन्त्रिपरिषद बैठकले सरुवा गरेको हो । सरकारले निकै महत्वपूर्ण मानिएको राजस्व अनुसन्धान बिभाग, भन्सार बिभाग, आन्तरिक राजस्व बिभागका महानिर्देशकसहित एकैपटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको सरुवा गरेको हो ।
जसअनुसार राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संघीय मामिला मन्त्रालयको अतिरिक्तमा सरुवा गरिएको छ । यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ । यस्तै पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्रका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका निजी सचिवका रुपमा काम सम्हालिसक्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरसहित पाँच जना सहसचिवलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । जसअनुसार राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डिप्रसाद घिमिरे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहालको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो ।
यसैगरी बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराई पनि अर्थ मन्त्रालय पुग्नुभएको छ । यसैगरी गण्डकीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयका श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगका गोपीकृष्ण कोइरालाको पनि अर्थ मन्त्रालयामा सरुवा भएको छ ।
मन्त्रिपरिषदको सरुवा सूचीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मीको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ । यसैगरी ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।
महावाणिज्य दूत बनाउने तयारीसहित उनीहरुको सरुवा भएको हो । परराष्ट्रमा पुग्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका झक्कप्रसाद आचार्य, भरत खनाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहनु भएका विन्देश्वरप्रसाद लेखक रहनुभएको छ ।
यस्तै सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरेको छ । यस्तै भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भन्सार विभागका उपमहानिर्देशक रामकुमार महतोलाई लोक सेवा आयोगमा सरुवा गरिएको छ ।
यसैगरी अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोग र महालेखा नियन्त्रकको कार्यालयका नारायणप्रसाद सापकोटालाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । अर्थकै टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शिवराम पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निर्वाचन आयोगका रघुराम विष्ट गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र हुलाक सेवा विभागका महानिर्देक ज्ञानहरि घिमिरेको बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नुभएको छ । यस्तै कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ ।
यसैगरी बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका डा.नारायणप्रसाद रेग्मीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका रामकृष्ण लामिछानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हेमराज तामाङ कोशी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।
परराष्ट्रकै नारायणप्रसाद भट्टको राष्ट्रिय सतर्कता केन्द्र, रक्षाका लीलाप्रसाद शर्मालाई गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पुष्कर न्यौपानेलाई कोशी प्रदेश प्रमुखको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहनुभएका शंकर नेपाललाई कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहनुभएका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोग, गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रालय, निर्वाचन आयोगका रमेश ढकाल गृह, गृहका भूपेन्द्र थापा लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ । यस्तै सूर्यबहादुर खत्री गृहबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका प्रदीपकुमार कोइरालाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै कोलकातामा महावाणिज्यदूतका रुपमा कार्यकाल पूरा गरेर फर्किनुभएका परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेललाई लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ भने लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेले राष्ट्रपति कार्यालय, ज्ञानप्रसाद ढकालको रक्षा मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्रकला पौडेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबका दीपकराज नेपाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा थन्क्याएर राखिएका प्रकाश दाहालले सोही मन्त्रालयमा जिम्मेवारी पाउनु भएको छ । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्रिपरिषदको अघिल्लो बैठकमै सहसचिव सरुवाको प्रस्ताव लैजानुभएको थियो । सोमवारको मन्त्रिपरिषद बैठकले केही परिमार्जन गर्न आवश्यक रहेको निश्कर्ष निकालेपछि थप गृहकार्य गरी बिहीवारको बैठकबाट निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्