जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार १७:३२

परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै


काठमाडौं, ३२ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जानुहुने भएको छ । परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने भएको हो ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ ।