जनता टाइम्स

१ भाद्र २०८१, शनिबार १०:२९

अर्थमन्त्रीको कार्ययोजनाबाट प्रधानमन्त्री उत्साहित


काठमाडौं, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओली अर्थ मन्त्रालयले सार्वजनिक गरेको सय दिने कार्ययोजनाले उत्साहित बन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको कामको प्रसंशा गर्दै मन्त्रालयको कार्यायोजना उधृत गरेरै शुभकामना दिएर आफ्नो उत्साह बाहिर देखाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय गस्ती टोली गठन गरी परिचालन गर्ने कुरा पनि कार्ययोजनामा छन । हाम्रा उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल यसका लागि खट्नु भएको छ । अर्थतन्त्रको सुधारमा नेपाल सफल हुनैपर्छ, उहाँलाई सफलता मिलोस् । ’

 

प्रधानमन्त्री ओलीकोभ नाई जस्ताको तस्तै
राजस्व संकलन लक्ष्यको करिब साढे ६ प्रतिशत मात्र रहेको, पुँजीगत खर्च र वैदेशिक सहायता परिचालनको कमजोर अवस्थालाई ध्यान दिएर अर्थ मन्त्रालयले सरकारी वित्तको अवस्थामा सुधार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन कार्यक्रम नै तोकेर सय दिनको कार्ययोजना बनाएको छ । कार्ययोजनामा ३० वटा कार्यक्रम अघि सारिएको छ ।

मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय गस्ती टोली गठन गरी परिचालन गर्ने कुरा पनि कार्ययोजनामा छन । हाम्रा उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल यसका लागि खट्नु भएको छ । अर्थतन्त्रको सुधारमा नेपाल सफल हुनैपर्छ, उहाँलाई सफलता मिलोस् ।