काठमाडौं, भदौ २ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गर्नुभएको हो ।
उहाँ भिस्तारा एयरलाइन्सबाट केही बेरअघि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने सहसचिव भृगु ढुंगानालगायत अधिकारीहरू हुनुहुन्छ। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल, सहसचिव अमृत राईलगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाइ गर्नुभयो ।
भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्र मन्त्रालयले जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्