काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउनुभएको छ । नेपाल आइपुगेलगत्तै सी भेटघाटमा व्यस्त रहनु भएको छ ।
हिजो नै उहाँले समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्नुभयो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग होटल सोल्टीमा भेट्वार्ता गर्नुभयो । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा शनिबार नै राजकीय भोजमा सहभागि हुनुभयो भने आज राष्टपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने मात्रै भेटवार्ता गर्नु हुने छ । सीसँग प्रधानमन्त्री ओलीको भेट विमानस्थलमा भए पनि प्रतिनिधि मण्डलसहितको औपचारिक भेट भने आज मात्रै हुने छ ।
सी ले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्दै छन् । बिहान साढे ३० बजेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामूहिक रुपमा सी सँग भेटवार्ता गर्ने छन् ।
त्यस लगत्तै सी र प्रचण्डबिच एक्लाएक्लै भेटवार्ता हुनेछ । प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच शिष्टाचार भेट हुनेछ । ११ बजे सी र ओलीबिच भेट हुने कार्यक्रम छ । भेट लगत्तै द्विपक्षीय वार्ता हुनेछ ।
सी मध्याहन्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
सी र प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने जनाइएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितीमा केही दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता
प्रतिक्रिया दिनुहोस्