जनता टाइम्स

७ भाद्र २०८१, शुक्रबार ००:०१

युवालाई ओली सरकारको उपहार, टिकटकमाथिको प्रतिवन्ध हटाएर राख्यो समृद्ध देश बनाउन आर्थिक प्याकेजका शर्त चार


सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालहरुले मान्नुपर्छ । कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन

काठमाडौं, भदौ ६ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएर चार वटा शर्त मान्नै पर्ने ब्यवस्था गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्त ािलना गर्ने गरी करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको जानकारी दिनुभयो । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि थप चार सर्तहरु पूरा गर्नुपर्ने ब्यवस्था मन्त्रिपरिषद बैठकले गरेको मन्त्री गुरुङले बताउनु भयो ।

 

मन्त्री गुरुङका अनुसार टिकटकले नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

सञ्चारमन्त्री गुरुङका अनुसार अब टिकटकमात्र नभई सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न पाउने छैनन । ’सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालले मान्नुपर्छ । कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन,’ मन्त्री गुरुङले भन्नुभयो ।

’हामीले यी चार सर्तहरु राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरेका छौं,’ मन्त्री गुरुङले भन्नुभयो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

माओवादीकै कार्यकर्ता शान्ति बरालले टिकटक लाइभमा यौन उत्तेजना फैलाउने काम गरेपछि प्रचण्ड सरकारले प्रतिबन्ध लगाएको थियो । ओली सरकारले टिकटकलाई नेपालको शर्तमा सहमत गराएर खुला गरेको हो ।

टिकटकले नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

सञ्चारमन्त्री गुरुङका अनुसार अब टिकटकमात्र नभई सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न पाउने छैनन । ’सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालले मान्नुपर्छ । कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन,’ मन्त्री गुरुङले भन्नुभयो ।