काठमाडौं, भदौ १३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले तीजको अवसरमा तीजको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
प्रवासमा रहेका सवै नेपालीमा नेपाली कला संस्कृतीबारे जानकारी दिनुका साथै यस्का जगेर्नाको पक्षमा गर्दै सचेतना जगाउन ओएनएफ अन्तराष्ट्रिय कमिटीको महिला बिभागले तीजको अवसरमा बिशेष कार्यक्रम आयोजना गरेको हो ।
बिभागका प्रमुख कुन्ती थापाले तीजलाई नेपाली संस्कृतीको जगेर्नासँग जोडेर यसको महत्वबारे सवैमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो । बिभागले तीजको अवसरमा यही सेप्टेम्बर ६ तारिकमा कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथी सेन्टर फर साउथ एशियन स्टडिजका प्रोफेसर अन्ना स्र्टिर हुनुहुन्छ ।
उहाँले नेपाली लाक गीत संगीतमा बिद्यावारिधी गर्नुभएको छ । यस्तै बिशेष अतिथीमा संबिधानसभा सदस्य तथा बेलायतमा रहँदै आउनु भएकी नेकपा एमालेकी नेतृ तारा राई रहनुभएको छ । भर्चुअल माध्यमबाट हुन लागेको सो कार्यक्रममा सहभागी हुन नेपाल र प्रवासमा रहेका सवै नेपालीलाई बिभाग प्रमुख थापाले अपिल गर्नुभएको छ ।
‘हिन्दू नारीहरुको महान पर्व तिज बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि तीज पर्वको महिमा र महिला एकतालको महत्वलाई ध्यानमा राखेर यो कार्यक्रमको आयोजना गरिएको हो, सहभागी हुन सवैलाई बिशेष अनुरोध गर्दछु,’ थापाले भन्नुभयो । सो कार्यक्रम सेप्टेम्बर ६ तारिक शुक्रवार नेपाली समय बिहान ६ बजे भर्चुअल माघ्यमद्वारा मनाउन लागिएको छ ।
भर्चुअल कार्यक्रमको Zoom ID: 846 7322 8295 र पासवर्ड Passcode: 2081 रहेको छ ।
प्रतिक्रिया दिनुहोस्