काठमाडौं, भदौ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा बोलेको आफ्नै भनाई पासो बनेको छ ।
नेपाल बिद्युत प्राधिकरणको बक्यौता असुलीदेखि बंगलादेश बनाइदिनेसम्मको प्रचण्डको अभिब्यक्तिले यतिबेला संसददेखि सडकसम्म बहश हुँदा सवै बदमासीमा आफै संलग्न रहेको तथ्य धमाधम बाहिर ल्याउन थालेपछि प्रचण्डका लागि आफ्नै बोली पासो बनेको हो ।
पूर्वप्रधानमन्त्री दाहालले सत्ताबाट बाहिर आएर चर्काे कुरा गरेपछि डेडिकेटेड लाइनमा नेपाल बिद्युत प्राधिकरणलाई १६ अर्व बक्यौता नउठाउन प्रधानमन्त्रीको हैसियतमा प्रचण्डले नै रोकेको तथ्य बाहिर आएको छ । यस्तै चिलिमे, ट्रान्सफरमर खरिदको बिषयमा पनि प्रचण्डको बदमासी बाहिर आएको छ ।
प्रचण्डको भनाईको जस्ताको तस्तै प्रतिवाद गर्दै एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘बदमासी गर्ने त त्यो रोष्टममा उभिएर बोल्ने मान्छे (प्रचण्ड) पो रैछ’ भन्दै एकएक तथ्य खोल्नुभयो ।
‘उद्योगीबाट बक्यौता असुली गर्न नदिने र संरक्षण गर्ने, बदमासी गर्ने अनि हिलो अर्काेतिर फुत्त फालिदिने ?’ बाँस्कोटा प्रश्नसहित तथ्य राख्नुभयो, ‘बदमासलाई आफू संरक्षण गर्ने, बदमासी गर्ने अनि हिलो अर्काेतिर फुत्त फालिदिने ?’
बाँस्कोटाले बंगलादेश बनाउने धम्कीबारे पनि कडा जवाफ फर्काउनु भयो । ‘आफू बदमासी गर्ने, संरक्षण गर्ने अर्कातिर फ्याट्ट फाल्दिने, हिलो छ्याप्दिने, सत्ताबाट बाहिर निस्कन साथ रन्थनिएर अनि आन्दोलनको हुँकार गरेर बंगलादेश बनाउने ?,’ उहाँले भन्नुभयो, ‘मरेका छैनन एमाले र कांग्रेस पनि । आन्दोलनबाटै आएका हुन । बंगलादेश बनाएको त हामीले उहीबेला देखेको थ्यो नि चिउरा खार ६ दिन पछि फर्केको हो ।’
बाँसकोटाले अहिले जंगली राज नभएको भन्दै कानुनको शासनमा जोकोहीमाथि छानविन हुने बताउनु भयो । जंगली राज होइन । ‘कुलमानले त राम्रै गर्न खोजेको होला, उठाउँछु पनि भन्ने होला, नउठाउ भन्ने को रैछ भन्ने कुरा अस्ती थाह भयो । ऊ त्याँ रोष्टममा उभिएर बोल्ने मान्छे पो रहेछ,’ बाँस्कोटाले संसदमै भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्