जनता टाइम्स

१५ भाद्र २०८१, शनिबार २२:०१

आयल निगमले घटायो पेट्रोल-डिजेल र मट्टितेलको मूल्य


काठमाडौं, भदौ १५ । नेपाल आयल निगमले इन्धनको मूल्य घटनाएको घटाएको छ ।

शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

अब उपत्यकामा पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको उपभोक्ताले १ सय ५४ मा किन्न पाइने छ । यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।