काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले आफ्नो झुटो पोष्ट हटाउनु भएको छ ।
अनेरास्वबियुका अध्यक्ष समिक बडालले बालेनले एमाले नेतृत्व र नेताहरुको बिषयमा हुँदै नभएको कुरा गरेर अफवाह फैलाएको तथ्यसहित सामाजिक सञ्चालमै काउन्टर गरेपछि मेयर शाहले पोष्ट हटाएर आफ्नो गल्ती स्वीकार गर्नुभएको हो ।
दाङकी एमाले नेतृ तथा प्रदेश सांसद रेखाकुमारी शर्माको बिषयमा मेयर शाहले दिनुभएको अभिब्यक्ति र सामाजिक सञ्जालमा गरिएको अपवाहको बिषयलाई लिएर अखिल अध्यक्ष बडालले अदालतको फैसलादेखि महानगरपालिकालाई दिइएको आदेशसम्म जस्ताको तस्तै बाहिर ल्याउनु भएको थियो ।
मेयर शाहले पोष्ट गरेलगत्तै बडालले जवाफ दिई हटाउन सुझाउनु भएको थियो । तर केही समय राखेपछि बडाल प्रमाणसहित मैदानमा उत्रनु भएको थियो । जस्को कारण मेयर बालेन पोष्ट डिलिट गरेर गल्ती स्वकार्न बाध्य हुनुभएको छ ।
बडालले सो बिषय उजागर गरेपछि मेयर शाहले फेसबुकमा आफ्नो पोष्ट हटाउनु भएको छ । सांसद शर्माबिरुद्ध आपत्तिजनक आरोपसहित प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत नाम जोडेर मेयर बालेनले पोष्ट गरेपछि अखिल अध्यक्ष बडालले जस्ताको तस्तै तथ्य बाहिर ल्याउनु भएको थियो ।
अदालतको फैसलामा उल्टै महानगरमाथि कार्वाहीको तिर सोझिएको तथ्य उजागर भएप्छि बालेनले रातारात पोष्ट डिलिट हान्नुभएको थियो । बालेनको यो कामलाई अखिल अध्यक्ष बडालले गल्ती गरेकोमा पछुतोसहित गल्ती स्वीकार गरेको रुपमा बुझेर धन्यवाद दिनुभएको छ ।
अखिल अध्यक्ष बडालले लेख्नुभएको छ, ‘बालेन्द्र शाहज्यू, धन्यवाद ! तथ्यहीन पोस्ट सामाजिक सञ्जालबाट हटाउनुभएको रहेछ । जिम्मेवार निकायमा रहेका सार्वजनिक व्यक्तिले समन्वयको माध्यमबाट काम गरेर नतिजा निकाल्नुपर्छ । निराशा पैदा गरेर त्यसमा अवसर खोज्ने कुरा व्यक्तिलाई लाभदायक होला, तर देशलाई कुनै पनि फाइदा हुँदैन । अनेरास्ववियु सबै प्रकारका न्याय र अधिकार सुरक्षित गर्न आफ्नो तर्फबाट खबरदारी गर्दछ । हामी तथ्यको जगमा उभिएर बोल्छौं । सत्यलाई केही समयका लागि छोप्न सकिएला, तर मार्न सकिँदैन । काभ्रे जाँदैछु, सत्य स्वीकार्नुको विकल्प छैन ।’
प्रतिक्रिया दिनुहोस्