जनता टाइम्स

१९ भाद्र २०८१, बुधबार १४:५८

राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्मको शैक्षिक कर्जा दिने


काठमाडौं, भदौ १९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ ।

बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक (RBB) को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।