जनता टाइम्स

२४ भाद्र २०८१, सोमबार १२:२४

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि


काठमाडौं, २४ भदौ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।