काठमाडौं, ३० भदौ । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जानुहुने भएको छ । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लाग्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुँदै हुनुहुन्छ । सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्