जनता टाइम्स

३१ भाद्र २०८१, सोमबार ११:२४

ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको मुल्य


काठमाडौं, ३१ भदौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।