जनता टाइम्स

६ आश्विन २०८१, आईतवार १५:२२

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार


काठमाडौं, ६ भदौ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आज नेप्से ११ अङ्कले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.६५ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्डको शेयरको सबैभन्दा बढी ६ लाख ४७ हजार २०३ कित्ता शेयर कारोबार भएको छ ।