काठमाडौं, असोज ८ । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक बिजेता एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ। सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका आज स्वदेश फर्कदा बिमानस्थलमा भब्य स्वागत गरिएको हो ।
चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गर्नुभयो ।
एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गर्नुभएकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्