काठमाडौं, असोज ९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एकदिवसीय वरीयतामा नेपाली क्रीकेटर सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले छलाङ मार्नुभएको छ ।
आइसीसीले हालै सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा सन्दीप अलराउन्डरतर्फ २२ स्थान सुधार गर्दै ४१ औं स्थानमा उक्लिनुभएको छ भने बलिङतर्फ ४८ औं स्थानमा यथावत कायम रहनुभएको छ ।
यस्तै अलराउन्डरतर्फ करण केसीले ११ स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिनुभएकोछ । यस्तै गुल्सन झा १३ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिनुभएको छ ।
बलिङतर्फ ललित राजवंशीको २ स्थान तल झरेर ५२ औं स्थानमा पुग्दा दीपेन्द्र ६४ औं स्थानमा रहनुभएको छ । ब्याटिङतर्फ कप्तान रोहित पौडेल ८७ औं स्थानमा यथावत रहनुभएको छ भने आसिफ शेख ११ स्थान र कुशल भुर्तेल ४ स्थान तल खस्किएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्