काठमाडौं, १४ असोज । आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्