जनता टाइम्स

१५ आश्विन २०८१, मंगलवार १५:४८

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे एमाले निश्कर्ष : अत्यन्त उपलब्धिमूलक रह्यो, नेपालको प्रतिष्ठा बढायो


‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिमूलक रह्यो । औपचारिक र अनौपचारिक भेटबार्ताले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ भन्ने बैठकले निचोड निकालेको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ ।’

काठमाडौं, असोज १५ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

बबरमहलस्थित होटल बसेरामा आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको निश्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भ्रमण निकै उपलब्धिमूलक भएको र नेपालको प्रतिष्ठा बढाएको निश्कर्ष निकालिएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिमूलक रह्यो । औपचारिक र अनौपचारिक भेटबार्ताले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ भन्ने बैठकले निचोड निकालेको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ ।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ ७९औं महासभामा सहभागी भई सोमवार मात्रै स्वदेश फर्कनुभएको हो । स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले सोमवार साझ नै मन्त्रिपरिषद बैठक र आज पार्टीको सचिवालय बैठक बोलाउनु भएको हो ।

आफू अमेरिकामै रहँदा मुलुकमा बाढी पहिरोले ठूलो धनजनको क्षती पुर्याएपछि उहाँ स्वदेश फर्केलगत्तै उद्धार तथा राहतको अभियानमा जुटनुभएको छ । सोही क्रममा एमाले सचिवालयको बैठक बसेको हो ।