जनता टाइम्स

१५ आश्विन २०८१, मंगलवार १६:१२

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार


काठमाडौं, १५ असोज । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । आज नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो । आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।