जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार ०९:५४

एनआरएनए अध्यक्षमा पन्तको बिजय निश्चित


काठमाडौं, कात्तिक १ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को हिजो भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा परिणाम आउन ढिलाइ भएको हो ।

निर्वाचन समितिका अनुसार मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको मतगणनामा कुमार पन्तले अग्रता लिनुभएको छ । अर्का प्रत्यासी कुल आचार्य करिव एक सय मतलेपछि पर्नुभएको बताइएको छ । कसको पक्षमा कति मत प्राप्त भयो भन्ने जानकारी नदिए पनि पन्तले अग्रता लिएको मत गणनामा समितिले जनाएको छ । हिजो भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको समितिले जनाएको छ ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।