जनता टाइम्स

१९ आश्विन २०८१, शनिबार १३:४९

रबि लामिछानेकै मतदाताले जव ‘नयाँ पार्टीको नयाँ काम, जनता ठग्दै सहकारीको पैसा झ्वाम’ भन्दै नारावाजी गरे


चितवन, असोज १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पहिलो निर्वाचन र उपनिर्वाचन दुवै चुनावको बेला चितवनका मतदातामाझ हिरोका रुपमा उदाउनु भयो । नयाँको नाराको गुलियोमा भुलेका मतदाता रातारात चितवन स्वर्ग बन्ने कल्पनामा रमाए ।

पहिलो निर्वाचनमा रबिबिरुद्ध कुनै कुरा सुन्न नचाहने मतदाताले नागरिकता र राहदानी किर्ते गरेको सत्य जान्दाजन्दै मत दिएर जिताए । रबिलाई फसाइयो भन्दै नारा लगाए ।

तर रबिलाई जिताउन ज्यान दिएर लागेका तिनै मतदातामाथि रबिका भुसतिघ्रेहरुले आक्रमण गरे । सहकारीपीडितलाई न्याय देऊ भन्दा रबि आफ्ना कार्याकर्तालाई ठेगान लगाउन आदेश दिएर टाप कस्नुभयो । अर्थात यतिबेला चितवनको दृष्य फेरियो । भगवान मानिएका रबि लामिछाने मत दिने तिनै मतदाताको नजरमा राक्षसमा परिणत भए ।

नागरिकता र पार्सपोर्ट काण्डमा सजिलै उम्किनु भएका रबि यसपटक मतदाताको नजरबाट बच्न सक्ने कुरै भएन । यस्को कारण थियो, आफै सहकारीपीडित हुनु । रबिले आफैलाई ठगेको थाह पाएपछि उनीहरुले नारा लगाए, ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम ।’

यस्तै ‘स्टनबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर’ ‘श्रमजीवि जनताको पैसा खान पाइदैन, गरिव मार्न पाइदैन’ भन्दै नारा लगाए । कालो ब्यानर राखेर यो नारा लगाउन थालेपछि रबि लामिछानेले होस गमाउँदै आक्रमणको आदेश दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर दुईपटक सरकारको गृहमन्त्री पनि भइसक्नु भयो । निर्वाचित भएर सरकारको नेतृत्वमा जाँदा उहाँले यस क्षेत्रका मतदातालाई सार्वजनिक समारोहमा सम्बोधन गर्न आउनु भएको थिएन । अहिले सवैतिरबाट फुर्सद पाएपछि लामिछाने चितवनमा हुनुहुन्छ । उहाँको केही सार्वजनिक कार्यक्रम पनि तय भएको छ ।

शुक्रबार मुग्लिन बजारमा लामिछानेको सार्वजनिक सुनुवाइ थियो । बिहान ११ बजे भनिएपनि केही ढिलो गरी सुरु भएको सार्वजनिक सुनुवाइ दुई घण्टा भन्दा लामो चल्यो । सार्वजनिक सुुनुवाइ कार्यक्रममा आरोप प्रत्यारोप समेत चल्यो । उहाँले सहकारीको ठगीमा आफ्नो संलग्नता नभएको पटक पटक सार्वजनिक सुनुवाइमा जिकिर गर्नुभयो ।

सार्वजनिक सुनुवाइपछि लामिछाने निस्किने बेला स्थानीयले कालो ब्यानर र कालो मास्क लगाएर सहकारी पीडित आन्दोलन भनेर निस्किए । पूर्वसंकेत थाह पाएर लामिछाने नाराबाजी गर्नुअघि नै मुग्लिन छोडेर भरतपुरतर्फ टाप कसिसक्नुभएको थियो ।

नागरिकता र पार्सपोर्ट काण्डमा सजिलै उम्किनु भएका रबि यसपटक मतदाताको नजरबाट बच्न सक्ने कुरै भएन । यस्को कारण थियो, आफै सहकारीपीडित हुनु । रबिले आफैलाई ठगेको थाह पाएपछि उनीहरुले नारा लगाए, ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम ।’ यस्तै ‘स्टनबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर’ ‘श्रमजीवि जनताको पैसा खान पाइदैन, गरिव मार्न पाइदैन’ भन्दै नारा लगाए । कालो ब्यानर राखेर यो नारा लगाउन थालेपछि रबि लामिछानेले होस गमाउँदै आक्रमणको आदेश दिनुभयो ।

कालो व्यानर लिएर निस्किएका समूहलाई रवि लामिछाने समर्थकले कति पैसा खाएर आइस झोलेहरु भनेर जब गाली गरे तब दुबैतर्फ आक्रोश बढ्यो । कालो ब्यानर बोक्नेमध्येका एकजनाले रविका समर्थकको कठालो समाते । यही बीचमा प्रहरीहरु आएर लिए । स्थानीयले पनि झगडा हुन रोक्ने प्रयास गरे । त्यसपछि रवि लामिछाने समर्थकले ती कठालो समात्ने केटालाई अलिपरसम्म लखेटे । प्रहरीले झगडा रोक्यो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मला भण्डारीले दुई पक्षबीच करिब ५÷७ मिनेट विवाद भएको बताउनु भयो । इन्सपेक्टर भण्डारीका अनुसार कुनै पनि राजनीतिक दलका झण्डा वा घोषित कार्यकर्ता त्यहाँ थिएनन । सहकारी पीडित भनेर उहाँहरुले व्यानर लिएपनि एकैछिनमा प्रहरीले घटना साम्य बनाएको उहाँले बताउनु भयो ।

सामाजिक सञ्जालमा भने एमाले काँग्रेसका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले लखेटेको भन्दै भिडियो भाइरल बनाइयो । तर, निर्वाचित भएर सरकारको नेतृत्वमा गइसकेका आफ्नो क्षेत्रका नागरिकमध्ये सहकारी पीडितलाई लामिछानेले सम्बोधन नगरिदिँदा पीडा पोखेका थिए । तर जनताको कुरा रबिले सुन्दै सुन्नुभएन ।