अनुगमनका क्रममा व्यापारीले अत्याधिक नाफा राखेर सामान बिक्रि वितरण गरेको पाइएको छ । अस्वभाविक महंगी र व्यापारमा अनियमितता देखिएपछि केही पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभएको छ ।
काठमाडौं,असोज २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको छ ।
विभागले एक महिनाको अवधीमा एक हजार भन्दा बढी ठाउँमा अनुगमन गरिसकेको छ । विभागले आइतबार काठमाडौंको कालिमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुग्नुभयो ।
अनुगमनका क्रममा अस्वभाविक महंगी र व्यापारमा अनियमितता देखिएपछि केही पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभएको छ । व्यापारीले खरिद मुल्यभन्दा अत्याधिक नाफा राखेर सामान बिक्रि वितरण गरेको पाइएको छ भने, बिलबिजक बिनै कारोबार गरेको पाइएको छ ।
केही तरकारी र मासुजन्य पसलहरुमना सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ । माछामासु अव्यवस्थित रुपले फ्रिजिङ गरिएको तथा सरसफाइ ध्यान नदिएको पाइएको हो । अनुगमन टोली पुग्दा व्यापारीहरु पसल बन्द गरी भाग्ने र अनुगमन टोलिलाई असहयोग गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
बजारमा भेटिएका उपभोक्ताहरुले खरिद मुल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्रि गरि उपभोक्ता ठग्ने कार्य भैरहेकाले यस्ता व्यापारीलाई कारवाही गर्न माग गरेका छन । मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरुमा अनुगमन गरि तत्काल कारवाही गरिरहेको बताउनुभयो ।
उहाँले बर्षाका कारण सिर्जित प्राकृतिक विपदको पीडा भोगिरेका उपभोक्ता नठग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो भने अस्वभाविक ढंगले कानुन विपरित व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई कारवाहि गर्न मातहतका निकायलाई दिर्नेशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्