जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार ११:०१

ओली सरकारको लोककल्याणकारी काम : हवाई उद्धार गरी जोगायो ५० सुत्केरी महिलाको ज्यान (सूचीसहित)


काठमाडौं, कात्तिक १ । सरकारले एक वर्षमा ५० जना गर्भवति तथा सुत्केरीको महिलाको हवाई उद्दार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यविधि बनेपछि सरकारले ५० जना सुत्केरी महिलाको हेलीकोप्टरबाट उद्धार गरेर ज्यान जोगाइदिएको हो ।

२०७५ असोज ३० गते उक्त कार्यविधि बनेपछि यही असोज २७ गतेसम्म ती महिलाको उद्धार गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जानकारी गराएको छ । यो कामको अनुगमन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गरिरहेको छ । मन्त्री थममाया थापामगरले आफ्नै सचिवालय मातहत राखेर यसको अनुगमन गरिरहनुभएको छ ।

‘यसबीचमा राम्रो सफलता हासिल गरेका छौँ, ज्यान खोखिममा रहेका दुर्गम क्षेत्रका धेरै जना सुत्केरी तथा गर्भवती दिदी–बहिनीहरुको हेलीकोप्टरबाट उद्धार गरेका छौँ, यसबाट धेरै दिदी–बहिनीहरुको स्वाथ्य जोखिम न्यूनीकरण भएको छ,’ ’ वरिष्ठ महिला विकास अधिकृत अञ्जु ढुंगानाले भन्नुभयोे । सरकारले अघिल्लो आर्थिक वर्षको आठ महिनामा दुर्गम जिल्लाका २६ जना गर्भवती तथा सुत्केरी महिलाको हेलीकोप्टरबाट उद्धार गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा २४ जना महिलाको उद्धार गरेको छ ।

हवाई उद्धार कार्यविधि बनेपछि सबैभन्दा पहिले उद्धार हुने हुम्लाकी २२ वर्षीय निरा शाही हुन् । उनलाई २०७६ पुस ६ गते हुम्लाबाट उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत पुर्याइएको थियो । सबैभन्दा पछिल्लो पटक उद्धार हुनेमा रुकुमपूर्वकी ३१ वर्षीय सरनमाया पुन छिन् । पेटभित्रै बच्चाको मृत्यु भएपछि स्वास्थ्य अवस्था नाजुक भएको अवस्थामा उनको यही असोज २७ गते उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याइएको थियो । हवाई उद्धार गरिएका गर्भवति तथा सुत्केरी महिलामा १६ वर्षदेखि ४२ वर्षसम्मका छन् ।

यी हुन् पछिल्लो तीन महिनामा उद्धार सुविधा पाएका २४ महिला

३२ वर्षिया लाक्पा शेर्पा, सोलुखुम्बु
२४ वर्षिया जयकुमार बुढा, डोल्पा
२० वर्षिया रुपा लिम्बु, पाँचथर
१८ वर्षिया प्रेमिसा बुढामगर, मनाङ
सुनाम छन्जोक, हुम्ला
१७ वर्षिया बिममाया विक, खोटाङ
२६ वर्षिया कपि बुढा, हुम्ला
२७ वर्षिया लक्ष्मी बोहोरा, हुम्ला
३० वर्षिया झोमबेल लामा, गोरखा
२९ वर्षिया ज्ञानी धामी, बझाङ
३९ वर्षिया निर्मला राई, सोलुखुम्बु,
२५ वर्षीय गीता शाही, जाजरकोट
२२ वर्षिया गहनी घले, धादिङ
४५ वर्षिया तुलसी सुनार, जाजरकोट
२० वर्षिया इन्दा विक, अछाम
२४ वर्षिया रामदेवी बोहोरा, बझाङ
१८ वर्षिया उषा तामाङ, रसुवा
३५ वर्षिया रिते जैसी, हुम्ला
२३ वर्षिया प्रतिक्षा गुरुङ, गोरखा
१८ वर्षिया आइकुमारी विक, मुस्ताङ
३७ वर्षिया कान्छी गुरुङ, गोरखा
२५ वर्षी दलिमाया तामाङ, धादिङ
२० वर्षिया ललिता बुढा, डोल्पा
३१ वर्षिया सरनमाया पुन, रुकुमपूर्व

यी हुन् अल्लिो आर्थिक वर्षको आठ महिनामा हवाई उद्धार सुविधा पाएका २६ महिला

२२ वर्षिया निरा शाही, हुम्ला
२० वर्षिया विन्दा भुजेल, दोलखा
३६ वर्षिया लोककुमारी लिम्बु, तेह्रथुम
२१ वर्षिया रोमी विक, धादिङ
४२ वर्षिया शान्ति बुढा, डोल्पा
२२ वर्षिया अञ्जना बोहोरा, बाजुरा
२२ वर्षिया मिना तामाङ, धादिङ
३८ वर्षिया चन्द्ररुपा शाही, मुगु
३० वर्षिया धनकुमारी राई, सोलुखुम्बु
२२ वर्षिया ललिता थापा, मुगु
२८ वर्षिया मिनमर डोल्पा
२७ वर्षिया जुना तामाङ, हुम्ला
२६ वर्षिया जसुदेवी शाही, मुगु
२९ वर्षिया लगना बोहोरा, डोल्पा
१९ वर्षिया सुशिला विक, डोल्पा
१७ वर्षिया स्वस्तिका बम, कालिकोट
३० वर्षिया कमला राई, भोजपुर
देवकुमारी पुन, म्याग्दी
२७ वर्षिया मेलना मल्ल, रुकुमपूर्व
२२ वर्षिया देविकला राई, सोलुखुम्बु
१६ वर्षिया अनिषा बुढा, डोल्पा
२१ वर्षिया अमृता मल्ल, मुगु
पशुपति शाही, जाजरकोट
१७ वर्षिया मोति परियार, सल्यान
२२ वर्षिया रविता राई, खोटाङ