जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार ११:१७

आयो एनआरएनएको अन्तिम परिणाम : अध्यक्षमा कुमार पन्तसहित यी उम्मेद्वार भए बिजयी (सूचिसहित)


काठमाडौं, कात्तिक १ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा अर्का प्रत्यासी कुल आचार्यलाई पराजीत गरी पन्त निर्वाचित हुनुभएको हो ।

पन्तले कुल १ हजार १८१ मत पाउनुभएको छ । उहाँले प्रतिस्पर्धी आचार्यलाई १११ मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचनमा २ हजार ३४१ मत खसेको थियो ।

यसैगरी पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित हुनुभएको छ । र महासचिवमा पनि पन्त प्यानलकै डा हेमराज शर्मा विजयी हुनुभएको छ । यस्तै सचिवमा गौरी जोशी र आरके शर्मा विजयी हुनुभएको छ भने कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिले औपचारिक रुपमा नतिजा घोषणा भने अझै गरेको छैन । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।