काठमाडौं, असाज २१ । एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बार्षिक साधरण सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई आगामी ४ बर्षका लागि पुनः निर्बिरोध निर्वाचित गरेको छ । यस्तै साधरण सभाले आ.ब २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्तावसमेत सर्वसम्मत रुपमा पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्