नवलपरासी, असोज २१ । युसएडसँगको साझेदारीमा ‘देशैभरी बर्षै भरी’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले गैडाकोटमा उद्यमीहरुको ब्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।
वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारी जीएप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाजतथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाक ानिमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता बैंकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्