जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १३:५४

राष्ट्रपति भण्डारीलाई बर्मेली नेपाली समुदायको भब्य स्वागत


काठमाडौं, कात्तिक १

म्यानमारको भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीलाई त्यहा रहेका बर्मेली नेपाली समुदायले भब्य स्वागत गरेका छन् । नेपाली ढाकाटोपी र साडीचोलोमा रहेका बर्मेली नेपाली समुदायले भब्य स्वागत गरेका हुन् ।

राजधानी नेपितबाट पिनुइलिन पुग्नु भएकी राष्ट्रपति भण्डारीले शुक्रबार त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन समेत गर्नुभयो । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा, संस्कृति रीतिरिवाज र परम्पराको संरक्षण गरेकोमा त्यहाँका नेपाली समुदायको प्रशंसा गर्नुभयो । म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा गरेको स्वागत समारोहमा बोल्दै उहाले आफ्ना पूर्वज जस्तै मेहनती लगनशील उद्यमी भएर नेपाल र नेपालीको इज्जत राख्न आग्रह गर्नुभयो ।

राष्ट्रपतिले म्यानमारको विकासमा सहयोगी बन्‍न पनि त्यहाँका नेपाली समुदालाई आग्रह गर्नुभयो । उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमि नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन बर्मामा रहेका नेपाली समुदायलाई निम्तो समेत गर्नुभयो । त्यसअघि राष्ट्रपति भण्डारीले त्यहा रहेको दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन समेत गर्नुभयो ।

भ्रमणका क्रममा राष्ट्रपतिले शुक्रबारै पिलियुन्स्थित नेशनल क्यान्ढ्ची पार्कको अवलोकन गर्नुभयो । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित अन्य उच्च अधिकारी पनि सहभागी हुनु भएको थियो ।