काठमाडौं, असोज २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पहलमा भारतबाट खरिद गरिएको बिजुली देखाएर लोडसेडिङ अन्त्य गरेको भन्दै उज्यालो नेपालका अभियन्ता भन्दै प्रचार गराउनु भएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कमाउने धन्दामा पनि अब्बल रहेको तथ्य खुलेको छ ।
बैतडी, बझाङ, रुकुम पूर्व र रोल्पामा विद्युतीकरणका लागि आह्वान गरिएको ठेक्कामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्वजनिक खरिद ऐनविपरित आफ्ना दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन पूर्वाधार निर्माणकै काम रोकेपछि कुलमानको कमाउने काइदा उजागर भएको हो ।
घिसिङको यो हर्कतसँगै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन अघि बढाएको छ । उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा मंगलवार बसेको बैठकले घिसिङसँग ४ वर्षे अवधिको विभिन्न विवरण माग्ने निर्णय गरेको हो ।
ट्रान्सफरमर, पोल खरिद र टेण्डर आव्हान तयारीमा स्मार्ट मिटरलगायतका वस्तु÷सामग्री खरिदमा भ्रष्टाचारको आशंकासहित आवश्यक विवरण मागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राधिकरण आफैँले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवं सो सम्बन्धी परिमाणहरु ४ वर्षकै माग्ने निर्णय गरेका हो । घिसिङलाई विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय, प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण पनि मागिएको छ ।
बैतडी, बझाङ, रुकुम पूर्व र रोल्पामा विद्युतीकरणका लागि आह्वान गरिएको ठेक्कामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्वजनिक खरिद ऐनविपरित आफ्ना दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन पूर्वाधार निर्माणकै काम रोकेपछि कुलमानको कमाउने काइदा उजागर भएको हो । घिसिङको यो हर्कतसँगै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन अघि बढाएको छ । उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा मंगलवार बसेको बैठकले घिसिङसँग ४ वर्षे अवधिको विभिन्न विवरण माग्ने निर्णय गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार विद्युत प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का गर्दा ‘ग्लोबल टेण्डर’मा नै कुलमानले बलमिचाइँ गरेको पाइएको छ । सो बिषयमा कुलमानमाथि छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता भएको छ ।
उजुरीमा कार्यकारी निर्देशक कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन गरेको, न्यायिक निकायले दुई पटक दिएको आदेश नमानेको, व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति बनाएको जस्ता बिषय उल्लेख छ । सोही आधारमा अख्तियारले छानविन अघि बढाउँदै प्राधिकरणसँग फाइल मगाएको छ ।
आयोगले प्राधिकरणसँग उक्त ठेक्कासम्बन्धी कागजात माग गरेको हो । गत भदौ १६ गते प्राधिकरणलाई अख्तियारले पठाएको पत्रमा राय प्रतिक्रियासहित प्रमाणित कागजात उपलब्ध गराउने भनिएको छ । भदौ १६ मा आयोगले पठाएको पत्र प्राधिकरणमा भदौ २४ गते दर्ता भएको जनताटाइम्स डटकमलाई प्राप्त कागजातले देखाएको छ ।
पत्रमा २०८० वैशाख ७ गते नेपाल विद्युत प्राधिकरणले आह्वान गरेको २ अर्ब ३९ करोड रुपैयाँ लागतको बैतडी, बझाङ, रुकुम पूर्व र रोल्पा गरी ४ जिल्लाको विद्युतीकरणको ठेक्कामा घोटाला भएको सम्बन्धमा छानबिनका लागि रायप्रतिक्रिया माग गरिएको छ । साथै उक्त ठेक्कासँग सम्बन्धित प्राविधिक तथा आर्थिक मूल्यांकन प्रतिवेदन, ठेक्का सम्झौतासँग सम्बन्धित निर्णयका प्रमाणित प्रति १५ दिनभित्र आयोगको महाशाखा नम्बर ५ मा उपलब्ध गराउन भनिएको छ । तर प्राधिकरणले अझै बिवरण पठाएको छैन ।
प्रतिक्रिया दिनुहोस्