जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।
काठमाडौं, कात्तिक १ । नेकपा एमालेले केन्द्रीय कार्यालय भवन निर्माणको बिषयलाई लिएर भइरहेको टिकाटिप्पणीहरु अतिशयोक्तिपूर्ण रहेको भन्दै भत्र्सना गरेको छ ।
एमाले स्थायी कमिटीकै सदस्य डा. बिन्दा पाण्डेको समुहले पार्टी कार्यालय भवन बनाउन दाता मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट प्राप्त जग्गालाई अतिशयोक्तिपूर्ण प्रचार गरेपछि एमालेले बिज्ञप्ति नै जारी गरेर खेदजनक र भत्र्सनायोग्य भनेको हो ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले बुधवार बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।’
प्रचार प्रमुख गौतमले पार्टी सचिवालयको ३८औं बैठकमा ब्यापक छलफल गरी पार्टीका समर्थक र शुभचिन्तक मीनबहादुर दम्पत्तिबाट जग्गा प्राप्तीलाई स्वीकार गरेको तथ्यसमेत राख्नुभएको छ । एमालेकै नेतृ पाण्डेले सचिवालयको निर्णयबिरुद्ध सवैभन्दा पहिला अतिशयोक्तिपुर्ण टिकाटिप्पणी गर्नुभएको थियो ।
पाण्डेको टिप्पणीपछि एमालेकै नेता कार्यकर्तासमेत अन्यौलमा परेका थिए । माओवादी र राजावादीहरुले भने पाण्डेलाई पढालेखा महिलाको हिम्मतका रुपमा अथ्र्याएपछि उहाँ हौसियर टेलिभिजनतिरसमेत पार्टी निर्णयबिरुद्ध बोल्दै बिद्रोहको सुरुवात भन्नसमेत बाँकी राख्नुभएको थिएन । नेतृ पाण्डे पार्टी निर्णयबिरुद्ध ज्यान दिएरै लागेपछि एमालेले संस्थागत रुपमै खेदजनक र भत्र्सनायोग्य अभिब्यक्ति भनेको हो । प्रचार बिभाग प्रमुख गौतमले पार्टी कार्यालय निर्माणको सन्दर्भ र जग्गा प्राप्तीको बिषयमा सबिस्तार तथ्यसमेत राख्नुभएको छ ।
२०७२ सालको महा विनाशकारी भूकम्पबाट काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एमाले कार्यालयविहीन भएको छ । यसबीचमा भाडामा धुम्रबराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ । यसै वर्ष पनि असोज ११ र १२ गतेसमेत गरी चार पटक च्यासलस्थित कार्यालय बाढीको चपेटामा परी केन्द्रीय कार्यालय मुख्य सेटअफ (केन्द्रीय कार्यालय, लाइबे्ररी, स्टोर, आईटी, प्रशिक्षण कक्ष, सभाहलहरू र प्रशासनिक कक्षसमेत पूर्णरुपमा ध्वस्त भई नियमित कार्य गर्न समेत कठिनाई भएको छ ।
‘विगत नौ वर्षदेखि अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेका थियौं । यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आह्वान गरेका थियौं । त्यसयता सम्पन्न भएका केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएकोर पार्टीका बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा कमिटी समेत गठन भएको व्यहोरा सार्वजनिक नै छ ,’ बिज्ञप्तिमा भनिएको छ ।
प्रचार प्रमुख गौतमले थप्नुभएको छ, ‘यसैक्रममा नेपाली माटोमा हुर्किएका एकजना सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र वहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ । यसलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रुपमा स्वीकार गरी वहाँलाई सहयोगका निम्ति धन्यवाद दिएको छ । असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा भव्य र पारदर्शी ढंगले केन्द्रीय कार्यालयको शिलान्यास समेत गरिसक्नुभएको छ ।’
लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको छ । यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको व्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि गाह्रय हुनेछन् ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त भएको जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पबाट काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेकपा (एमाले) कार्यालयविहीन भएको व्यहोरा सर्वविदितै छ । त्यसबीचमा भाडामा धुम्रबराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको कुरा विदितै छ ।यस वर्षमात्र चारपटक च्यासलस्थित कार्यालय बाढीको चपेटामा परी केन्द्रीय कार्यालय मुख्य सेटअफ (केन्द्रीय कार्यालय, लाइबे्ररी, स्टोर, आईटी, प्रशिक्षण कक्ष, सभाहलहरू र प्रशासनिक कक्षसमेत पूर्णरुपमा ध्वस्त भई नियमित कार्य गर्न समेत कठिनाई भई नयाँ कार्यालयको खोजीमा थियौं ।
विगत नौ वर्षदेखि अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेका थियौं । यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आह्वान गरेका थियौं । त्यसयता सम्पन्न भएका केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएकोर पार्टीका बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा कमिटी समेत गठन भएको व्यहोरा सार्वजनिक नै छ ।
यसैक्रममा नेपाली माटोमा हुर्किएका एकजना सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र वहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ । यसलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रुपमा स्वीकार गरी वहाँलाई सहयोगका निम्ति धन्यवाद दिएको छ । असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा भव्य र पारदर्शी ढंगले केन्द्रीय कार्यालयको शिलान्यास समेत गरिसक्नुभएको छ ।
जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।
स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई टे«ड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ ।
अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले वहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन ।वहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान,कानुनभन्दा माथि कोही पनि छैन ।
लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको छ । यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको व्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि गाह्रय हुनेछन् ।
राजेन्द्र गौतम
प्रमुख
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग
प्रतिक्रिया दिनुहोस्