माधवमा यतिधेरै बैचैनी देखियो कि दशैंसमेत राम्रोसँग मनाउन सक्नुभएन । टीका लगाउन आउने कार्यकर्तालाई पनि केपी ओली र ती गद्धारहरुबिरुद्ध लडने क्षमता प्राप्त होस भन्दै आफ्नो बिलौना पोख्नपर्यो ।
काठमाडौं, कात्तिक १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसपटक दशैंसमेत हर्षाेल्लासपुर्वक मनाउन सक्नुभएन । आफ्नै आदेशपालक बनेर बसेका पार्टीका नेताहरुले नै बिद्रोहको संख बजाएपछि अध्यक्ष माधवमा निकै बैचैनी देखियो । सोही कारण उहाँले दशैंसमेत राम्रोसँग मनाउन सक्नुभएन भने टिका लगाउन आउने कार्यकर्तालाई केपी ओली र तिनीहरुबिरुद्ध लडन सक्ने क्षमता प्राप्त होस भन्दै आफ्नो बिलौना पोख्नपर्यो ।
माधवसँग दशैंको टीका लगाउन पुगेका एक जना नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार माधवले ‘केपी र पार्टीका गद्धारहरुबिरुद्ध लडने क्षमता प्राप्त होस’ भन्दै आफ्नो आशीर्वाद टुंग्याउनु भएको थियो । एमालेमा रहेर अव कुनै लाभको पद प्राप्त हुन नसक्ने निश्कर्षका साथ अध्यक्ष पदमा जीवनभर रहिरहनका लागि ‘बिद्रोह’ को आवरणमा कार्यकर्ता भडकाएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका माधव पहिलो महाधिवेशनपछि नै आफ्नो सदाबहार सहयोगी रहेका नेताहरूले गम्भीर असन्तुष्टीसहित दुई बुँदे ज्ञापनपत्र बुझाएपछि नेकपा एकीकृत समाजवादीका यस्तो बेचैनीमा पर्नुभएको हो ।
ज्ञापनपत्रले माधव निकै अप्ठेरोमा समेत पर्नुभएको छ । आफूलाई बिश्वास गरेर ‘विद्रोह’ मा साथ दिएका नेताहरू सम्हाल्न सक्ने अवस्था नरहेपछि पार्टी नै कोल्याप्स हुने भयले माधव तनावमा समेत पर्नुभएको सोही पार्टीका नेताहरुले बताएका छन । दशैंअगाडि नेताहरुले महाधिवेशनमा अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालले गुटबन्दी गरेको भन्दै सबै कमिटी खारेजीको माग राखेर लिखित पत्र बुझाएका थिए । यसले पार्टीभित्र विभाजनको खतरा उत्पन्न भएको ठहरसहित नेपालले असन्तुष्ट नेतासँग चरणबद्ध सम्वाद गरी असन्तुष्ट समुहमै रहेका एकअर्का नेताबिरुद्ध कानमा चिनी हाल्ने कामसमेत गर्दै आउनु भएको छ ।
दशैं अगाडि जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका ५० प्रतिशत सदस्यको समर्थन रहेको जनाउँदै अध्यक्ष नेपाललाई केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउनु भएको थियो । पार्टी महाधिवेशनको म्यान्डेटविपरीत चयन गरिएको ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्नेलगायत माग उहाँहरुको छ । महाधिवेशन र त्यसयताका विभिन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटव्युरो चुनावपछि पार्टीमा चरम निराशा छाएको र विभाजनको डिलमा पुगेको देखिएको छ ।
पार्टी नै कोल्याप्स हुने भयो भन्दै माधव निद्रामा समेत बर्बराउन थालेको गाईगुई चलेकै बेला पत्नी गायत्रीले समेत किन यस्तो तनाव दिएको ? उहाँ त सुत्नै छाडनु भयो, भन्दै पार्टीकै नेताहरुसँग गुनासो गर्नुभएको सूचना बाहिर आएको छ ।
एमालेबाट अलग्गिँदा माधवलाई काँध थाग्नुभएका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, प्रेम आले, किसान (कृष्णबहादुर) श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला उहाँसँग रुष्ट हुनुहुन्छ । महाधिवेशनमा उपाध्यक्षमा पराजित झाँक्री पछिल्लो समय पार्टीमा निष्क्रिय जस्तै रहनुभएको छ । एमाले र अध्यक्ष केपी शर्मा ओलीको बढी वकालत गर्दै आएको भन्दै झाँक्रीलाई माधवले सार्वजनिक मञ्चबाटै चेतावनीसमेत दिनुभएको थियो । तर झाँक्रीले आफ्नो अडानबाट टसमस हुनुभएको छैन । माधवलाई जतिसुकै धोए पनि केपी ओली बन्न नसक्ने तथ्यलाई झाँक्रीले राख्दै आउनु भएको छ ।
नेकपा एसमा बसेर कहीँ नपुगिने निष्कर्षमा पुगिसकेका नेताहरुलाई विकल्प रोज्न महाधिवेशनले मलजल गरेको नेताहरूको भनाइ छ । सर्वसम्मत अध्यक्ष भएका माधव, सम्मानित नेता झलनाथ र महासचिव घनश्यामले सबै प्रतिनिधिका अगाडि गरेको वाचा तोडेको र आफू सदाबहार पदमा टिकिरहन राम्राजति सवैलाई पाखा पारेको असन्तुष्ट नेताको निचोड छ । असन्तुष्ट नेताकोमुभ देखेर माधव यतिधेरै तर्सनुभएको छ कि ‘एमालेमा फर्किने गल्ती नगर्नुस’ भन्न थाल्नुभएको छ । ‘सकेसम्म एमालेमा नफिर्किनुस, विद्रोहमा साथ दिएर यहाँसम्म आइपुग्नुभएको छ ।
एमालेमै गएकाहरूलाई पनि केपीले गरेको व्यवहार हेरेर त्यो गल्ती नगर्नुस,’ माधवको भनाई उधृत गर्दै उहाँका सम्धीसमेत रहनुभएका सचिव सोमप्रसाद पाण्डेको भनाई छ । पछिल्लो समय पार्टी नै कोल्याप्स हुने अवस्था रहेको भन्दै माधव निद्रामा समेत बर्बराउन थाल्नुभएको गाईगुई हल्ला चलेकै बेला पत्नी गायत्रीले समेत किन यस्तो तनाव दिएको ? उहाँ त सुत्नै छाडनु भयो, निद्रामा पनि बर्बराउन थाल्नुभो भन्दै पार्टीकै नेताहरुसँग गुनासो गर्नुभएको सूचना बाहिर आएको छ ।
प्रतिक्रिया दिनुहोस्