संसदका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्ने सहमति जुटेको छ ।
काठमाडौं, कात्तिक १ । मुलुकका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्ने सहमति जुटेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलेअ ाज आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनु भएको शीर्ष नेताको बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्याउन प्रमुख तीन दल सहमत भएका छन ।
बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथासक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो । बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । सहमतिअनुसार अव बस्ने मन्त्रिपरिषद्को बैठकले सर्च कमिटी गठन गर्नेछ ।
’सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।
यस्तै गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्याधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी हुनुभएको थियो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसदबाट पारित भइसकेको छ । सो बिद्येयक गत भदौ १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसक्नु भएको छ ।
राष्ट्रपतिबाट प्रमाणिकरण भइसके पनि दलहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा लागेपछि काम अघि बढन सकेको थिएन । तर आजको बैठक तिक्ततालाई कम गर्दै सो बिषयमा सहमति जुटाउन सफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्